Search
Close this search box.
Search
Close this search box.

गौरीगञ्जमा २८ गते आदिवासी तथा जनजाति फुड फेस्टिभल आयोजना गरिँदै


झापा। झापाको गौरीगञ्जमा प्रथम ऐतिहासिक आदिवासी जनजाति फुड फेस्टिभल तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

आदिवासी जनजाति महासंघ गौरीगञ्जको आयोजनामा यहि पुस २८ गते शनिवार विहान ८ बजेदेखि शुरु हुने फुडफेस्टिवल तथा सांस्कृतिक कार्यक्रमको बारेमा आयोजकले आज पत्रकार सम्मेलनको अयोजना गरेर जानकारी गराएको हो ।

EPIC


गौरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित गौरीगंज माविको प्राङ्गणमा हुने फेस्टिबलमा स्थानीय १२ वटा भन्दा बढी जातजातिको मौलिक लोक नृत्यसहितको खानाका परिकार रहनेछ ।

आदिवासी जनजाति महासंघ गौरीगंजका अध्यक्ष गंगाप्रसाद राजवंशीका अनुसार गौरीगंज गाउँपालिकाको आर्थिक सहयोगमा हुने कार्यक्रममा खानाका परिकार, जातिय नृत्य सहित सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति समुदायका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । आदिवासी जनजाति जेष्ठ नागरिक सम्मान संगै निर्वाचित गाउँपालिका अध्यक्षहरूको सम्मान गरिने कार्यक्रम स्थलमा आदिवासी जनजाति सेल्फी बोर्ड समेत राखिने छ । कार्यक्रममा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने जनाईएको छ ।


राजवंशी, ताजपुरिया र गन्गाई जातिको भाक्का, पिठ घुम्नीमुरी, गुन्जुर र सिद्ल (शिध्रा), नेवारको यमरी, सन्थालको खिचडी, राई जातिको तरूल, मकै र कोदो, फापरको रोटी, सेलरोटी, लिम्बुको फिलिङ्गेको अचार, मेसुको अचार, तामाङ्गको सखरखण्ड लगायतका मौलिक परिकार पाईने उक्त महोत्सवमा रहेका मौलिक खानपान आउने सबैलाई निशुल्क वितरण गरिने छ । कार्यक्रममा मौलिक नृत्य र आदिवासी जनजाति आधुनिक गीत र नृत्यहरूको प्रदर्शन गरिने जनाईएको छ ।


कार्यक्रमलाई व्यवस्थित बनाउन ३ सदस्यीय आर्थिक समिति समेत बनाइएको छ । आदिवासी जनजाति महासंघ गौरिगञ्जका उपाध्यक्ष आत्माराम राजवंशीको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ । समितिको सचिवमा अशोक कुमार ताजपुरिया र कोषाध्यक्षमा सायरा श्रेष्ठ, राजेन्द्र राई रहनु भएको छ । 
गौरीगंजमा भएका आदिवासी जनजातिहरुको एकता कायम गर्ने, स्थानीय जातजातिको खानपिन र संस्कारसँगै उनीहरुको संस्कृति र भेषभुषाहरुको जगेर्ना र संरक्षण गर्ने, खानाको बजारीकरण गरी व्यवसायमा सहयोग गर्ने, आदिवासी जनजातिहरुको नेतृत्व विकाश र शसक्तिकरणमा सहयोग पुर्याउने अध्यक्ष राजवंशीले बताउनु भयो । सत्तरी प्रतिशत भन्दा बढी आदिवासी जनजाति बसोबास रहेको गौरीगंज गाउँपालिकामा राजवंशी, ताजपुरिया, गन्गाई, सन्थाल, नेवार, राई, लिम्बु, तामाङ्ग, मगर, भुजेललगायत आदिवासी जनजातिहरु छन् ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष गंगा प्रसाद राजवंशी, उपाध्यक्ष आत्माराम राजवंशी, सचिव अशोक कुमार ताजपुरिया, सहसचिव राजेन्द्र राई, राजवंशी समाज विकास समितिका गौरीगञ्ज अध्यक्ष गोपाल प्रसाद राजवंशीसमेतको उपस्थिति थियो ।

कार्यक्रममा सहभागी हुने सबैले आफ्नो जातिय पहिरनमा सहभागी भएर कार्यक्रमलाई भव्य र सभ्यरूपमा सफल बनाईदिन अनुरोध गर्दै आयोजकले निमन्त्रणासमेत गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *