Search
Close this search box.
Search
Close this search box.

ग्यांस लिक हुँदा आमा छोरीको मृत्यु

सल्यान। सल्यानमा ग्याँस बाट आगलागी हुँदा एकैघरका आमा छोरीको मृत्युु भएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका २ धामिढुंगा स्थिति शुक बहादुर थापाको घरमा आगलागी हुँदा ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

EPIC

शुक्रवार साँझ खाना खाएर सुतेका उनिहरु बिहान अबेरसम्म नउठेपछि स्थानीयले ढोका खोलेर हेर्दा जलेको अवस्थामा फेला पारेका हुन् । सुति रहेको बिस्तारामा आगो सल्किन गई जलेर उनिहरुको मृत्यु भएको स्थानीयको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा प्रहरी पुगेको र घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले बताउनुभएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *