घटेको सुनको मूल्य आज पुनः बढ्यो, चाँदी सस्तियो

काठमाडौं। हिजो तोलामा १४ सय रुपैयाँले घटेको सुनको मूल्य आज केही बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको हो।

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँ पुगेको छ। हिजो यसको मूल्य १ लाख ८८ हजार ३ सय रुपैयाँ थियो। गत मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै सबैभन्दा उच्च दर हो।

EPIC EPIC EPIC EPIC

यता, चाँदीको मूल्य भने आज घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *