Search
Close this search box.
Search
Close this search box.

घट्दो क्रममा बालविवाह

सामाजिक, शैक्षिक, आर्थिक र स्वास्थ्यका दृष्टिले हानिकारक संस्कार मानिएको बालविवाह राष्ट्रिय रूपमै घट्दो क्रममा रहेको पाइएको छ । जनगणना २०६८ को तुलनामा २०७८ मा बालविवाह राष्ट्रिय रूपमै घटेको पाइएको हो । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुर्खेतमा आयोजना गरेको बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीतिको मसौदामाथि पृष्ठपोषण लिँदै राष्ट्रिय रूपमै बालविवाह घट्दो क्रममा रहेको जानकारी दिएको छ । मन्त्रालयका उपसचिव दीपक ढकालले कार्यपत्र प्रस्तुत गर्दै जनगणना २०६८ को तुलनामा जनगणना २०७८ मा करिब १४ प्रतिशतले बालविवाह घटेको बताउनुभयो । २०७८ मा १८ वर्षदेखि २० वर्षभित्र बालविवाह गर्ने ३४.४ प्रतिशत रहेको छ । यस्तै १५ देखि १७ वर्षभित्र हुने बालविवाह २२ प्रतिशत, १० देखि १४ वर्षभित्र हुने बालविवाह सात प्रतिशत रहेको छ । 

EPIC

२०६८ मा १५ वर्षदेखि १९ वर्षभित्र बालविवाह गर्ने ४८.८ प्रतिशत, १० देखि १४ वर्षभित्र हुने बालविवाह १०.२१ प्रतिशत रहेको उपचसचिव ढकालले बताउनुभयो । विगतको तुलनामा बालविवाह घट्दो क्रममा रहे पनि कमी भने नभएको उहाँको भनाइ छ । बालविवाहले चौतर्फी असर गर्ने भएपछि बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीतिक मसौदा तयार पारेको उहाँले बताउनुभयो । 

शारीरिक र मानसिक अपरिपक्वता, शिक्षा प्राप्तिबाट वञ्चित, स्वास्थ्यमा क्षयीकरण, कानुनको अज्ञानता, अशिक्षा तथा गरिबी, लैङ्गिक विभेद, मायापिरती, देखासिकी, प्रविधिको दुरुपयोग, दुराशयलगायतका कारणले सरकारले बालविवाह अन्त्यको राष्ट्रिय रणनीति तयार परेको उहाँको भनाइ छ । बालबालिकाको अधिकारको संरक्षण र संवर्धन गर्न, नकारात्मक असरको उपचार गर्न, राष्ट्रिय कानुनको परिपालना गर्न, अन्तर्राष्ट्रिय कानुन एवं प्रतिबद्धताको कार्यान्वयन गर्न, न्याय, समतामूलक सभ्य समाजको विकास गर्नका लागि पनि बालविवाह अन्त्य गर्नैपर्ने उहाँले जनाउनुभयो । 

यसै गरी मन्त्रालयका उपसचिव विमला पौडेलले बालविवाह अन्त्यका लागि निर्माण गरिएको राष्ट्रिय रणनीतिक मसौदामाथि अहिले प्रदेश अनुसार छलफल र सुझाव लिने काम भइरहेको बताउनुभयो । दिगो विकास लक्ष्य पूरा गर्नका लागि विभिन्न काम भइरहेको भन्दै उहाँले सोही अनुसार मसौदा सङ्कलन गरी रणनीतिलाई अन्तिम रूप दिइएको उल्लेख गर्नुभयो । छलफलमा बालविवाह अन्त्यका लागि सामूहिक प्रयासको आवश्यकता रहेको बताइयो ।    

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *