सल्यान। सल्यानमा काम गर्ने क्रममा घरको छतबाट खसेर एक जनाको मत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका १ दारिमचौरका अन्दाजी ५० वर्षीय डिल्ली बहादुर चनाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शारदा नगरपालिका १ श्रीनगर बजारमा घर ढलान गर्ने सेप्टी बनाउनेक्रममा सेप्टीबाट चिप्लिएर घाइते भएका चनाराको उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो ।
उहाँका अनुसार चनाराको टाउकोमा गहिरो चोट लाग्दा बेहोस भएका थिए । छतबाट लडेर बेहोस भएका चनारालाई स्थानीयले परोपकार अस्पताल श्रीनगरमा लगेका थिए । थप उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याँउदा डाक्टरले मृत घोषणा गरेको प्रहरीको भनाई छ । मृत्तक चनाराको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएकार घटनाकको थप अनुसन्धान भइरहेको प्रहरले जनाएको छ ।