घरगाउँमै पाइन्छ पोशीलो खाना

1687795773260

जनक न्यौपाने, इलाम। दिनानुदिन तयारी र गुणस्तरहीन खानाले मानिसहरुकाे मनमा वर्चस्व कायम गर्दै गएको छ। हाम्राे गाउँ घरमा पाइने खानेकुरा नै पाैस्टिक हुन्छ भन्ने जानकारीकाे लागि रोङमा आज स्थानीय खाद्य सामाग्रीहरुकाे प्रदर्शनी  गरिएकाे छ ।

राेङ गाउँपालिका स्वास्थ्य शाखाकाे बार्षिक कार्यक्रम अनुसार स्थानिय स्तरमा पाइने खाद्यान्न सामाग्रिहरुकाे पहिचान र प्रदर्शन गराउँदै पोशीलो खानेकुरा चाहिने लक्षित समुह गर्भवती, सुत्केरी, वालवालिका, वृद्ध-वृद्धाहरुका लागि स्थलगत रुपमा हरियाे सागपात,स्थानिय स्तरमा पाईने बिभिन्न ताजा फलफुलहरु,दुग्धजन्य पधार्थहरु,गेडागुडीको सेवन गरेर पनि निराेगि र स्वस्थ्य  रहन सकिन्छ भनेर चेतना विस्तार गराउँदै नागरिकहरलाई स्वस्थ्य  राख्न चेतनामुलक कार्यक्रम गरिएकाे राेङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताए।

EPIC EPIC EPIC EPIC EPIC

गाउँपालिकाका सबै टाेल र स्वास्थ्य सेवा प्रदायक सस्थाहरुमा आम नागरिककाे उपस्थितिमा यस्तै पाेषण शिक्षा कार्यक्रम गरिएकाेमा आज आधारभूत स्वास्थ्य  केन्द्र रम्भ्यागमा स्थानिय स्तरमा रहजै पाईने हरियाे सागपात,बिभिन्न तरकारिहरु ,गेडागुडि,बिभिन्न फलफुल दुग्धजन्य परिकारहरुकाे प्रदर्शनी सहितकाे महत्व र तिनकाे परिकारहरुकाे  तैयारि गरेर बितरण समेत गरिएकाे  रम्भ्याङ आधारभूत स्वास्थ्य  केन्द्रका इन्चार्ज विकास गजमेरले बताए।

उपभाेक्ताहरुमा बजारमा सजिलै पाइने तयार र गुणस्तरहीन खानाहरुले बर्चस्व कायम गरेको बेलामा हाम्रै करेसा र बगैचामा पनि पाेषिलाे खाना पाईन्छ भन्ने चेतना बिस्तार गरेकाेमा आफूलाई खुसी लागेकाे सहभागी एकजना गर्भवति महिलाले बताइन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *