ईलाम। कलाकार मुकेश गुरुङ चौँथो सिल्भर म्युजिक अवार्डमा ‘उत्कृष्ट आर्टिस्ट’को रुपमा सम्मानित भएका छन्।
गुरुङले अभिनय गरेको घरबार हाम्रो पुर्वैतिर हो बोलको गीत उक्त अवार्डमा नोमिनेसनमा परेको थियो। उक्त गीतबाट उनले उत्कृष्ट मोडलको उपाधि हात पार्न सफल भएका हुन्।
गीतमा मेलिना राई र कुमार प्रयास राईको सुमधुर स्वर रहेको छ भने शान्तिराम राईको शब्दमा संगीतकार अनिल कोयु राईले संगीत भरेका छन्।
फिक्कलका गुरुङले हालसम्म १६ वटा गीतमा अभिनय गरिसकेका छन्। यसअघि पनि उनले हिमालयन इन्टरनेशनल अवार्डको पाँचौँ संस्करणमा समेत अवार्ड जितिसकेका छन्।
सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका मुकेशको यो सफलताले कलाकारिता यात्रा थप उचाइमा पुग्ने विश्वास गरिएको छ।


















