घरमा आगलागी हुँदा दार्चुलामा ४ महिने शिशुकाे ज्यान गएकाे छ ।
नाैगाड गाउँपालिका–३ हाेपरीगाडका रणविर टमटाकाे घरमा आगलागी हुँदा जलेर ४ महिने शिशुकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ ।
बुधवार बेलुकी साढे ७ बजेतिर विद्युत् शर्ट भएर टमटाकाे २ तले घरमा आगलागी भएकाे दार्चुलाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) गाेविन्द भण्डारीले जानकारी दिनुभयाे ।
आगलागीबाट घरमा भएका अन्नपात, लत्ताकपडा र भाँडाकुडा जलेका प्रहरीले जनाएकाे छ ।