काठमाडौं। स्याङ्जाको भीरकोट नगरपालिका ४, ज्यामिरेमा पहिरोले पुरिएर एक वृद्धाको मृत्यु भएको छ।
शनिबार साँझ घरमाथिबाट आएको पहिरोले घर पुर्दा ७३ वर्षीया खेमकुमारी मल्लको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ।
ढुंगा र माटोले बनेको घर पुर्दा बेपत्ता भएकी उनको आइतबार शव प्राप्त भएको हो।
स्याङ्जामा पहिरोले पुरिएर हालसम्म मृत्यु हुनेको संख्या ४ पुगेको छ।



















