Search
Close this search box.
Search
Close this search box.

घरमा लागेको आगोमा परी ९ महिने बालिकाको मृत्यु

पाल्पाको निस्दी –३, झिरुबासस्थित क्याङ्रुङ्को एक घरमा आगलागी हुँदा एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टोलबहादुर पल्लीको नौ महिने छोरी दिप्सना पल्ली रहेको स्थानीय बासिन्दाले जनाएका छन् । 

शनिबार मध्यान्ह १२ बजेतिर खरले छाएको घरमा आगलागी भएको स्थानीय पुनाराम सुनारीले जानकारी दिनुभयो । स्थानीय श्यामबहादुर पल्लीको घर जलेर नष्ट भएको छ । मृतक बालिकासहित घरमा दुई छोरा रहेको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *