तेह्रथुम –तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा श्रीमान र श्रीमतीबीच विवादपछि कुटाकुट हुँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छिन् । छथर गाउँपालिका ३ पञ्चकन्या ज्यामिरेमा आइतबार साँझ घरयासी विवादपछि श्रीमतीको लौरो प्रहरबाट ५४ वर्षीय गोविन्द लिम्बूको मृत्यृ भएको इलाका प्रहरी चौकी बसन्तपुरका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । हात हालाहालमा श्रीमती ५२ वर्षीया भक्तकुमारी लिम्बू गम्भीर घाइते भएको सुक्रबारे प्रहरीचौकीका ईन्चार्च गणेश राईले जानकारी दिए ।
घटना स्थलमा पुग्दा दुबैको अवस्था गम्भीर देखिएको र गोविन्दको उपचारको क्रममा छथर उस्पतालमा मृत्यृ भएको शुक्रबारे प्रहरी टोलीले जनाएको छ। कुटाइबाट गम्भीर भएकी भक्तकुमारीको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । मृतकको शवलाई पोसमार्टमको लागि धनकुटा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।