शिवसताक्षी । करिव ६ बर्षको लामो प्रतिक्षापछि झापाको शिवसताक्षी नगरपालिका ४ र ५ रिङरोड बनेपछि स्थानीय हर्षित भएका छन् । तर कतिको दिगो गुणस्तरीय छ भन्ने कुरामा शंका रहेको छ ।
स्थानी युवा सुरेस संग्रौला भन्छन् बन्न यो खुसी छौं दिगो कतिको दिगो गुणस्तरीय छ भन्ने कूरा भबिष्यले नै देखाउने नै हो ! आँखामा छारो हाल्ने काम मात्र हो की त्यो हेर्न बाँकी नै छ सुरेस संग्रौला भन्छन् ।
अरु स्थानीय भन्छन् कालोपत्रे बनेकोमा सबै हर्षित छौं कुनै समय चप्पल लगाएर बर्खामा शिवगञ्ज बजारमा पूग्न सँिकदैन थियो अहिले आँगनमा नै कालोपत्रे आयो खूसी छौँ । अब बारीमा फलेको सागसब्जी बजारमा पूर्याउन समेत सहज भयो ।
सडक पक्की बनेपछि सबै गाउँलाई फाइदा त हुनेनै भयो शिवसताक्षी नगरपालिकाले ८ करोडको बजेटमा ८ किलोमिटर २१ फूटे बाटो शिवगञ्ज भेलामूनी, रङ्गेथान हूदै बोलोचोक सम्म पिच हूने क्रम अन्तिम चरणमा रहेको छ ।
– विसराज चुँडेल
One Response
राम्रो प्रगतिशीलता