Search
Close this search box.
Search
Close this search box.

घर आगलागी हुँदा दूई बालबालिकाको मृत्यु

रौतहट । रौतहट जिल्लाको विजयपुर १ मा अवस्थित एक घरमा आगलागी हुँदा दुई जना बालबालिकाको जलेर मृत्यु भएको छ।

मृत्य हुनेमा फतुवा विजयपुर १ का जोखु यादवका तीन वर्षीया छोरी आराध्य यादव र सन्दीप साहका पाँच वर्षीय छोरा रोहित साह मृत्यु भएको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।

EPIC

हिजो (मंगलबार) दिउसो बरगिनिया गाउँमा मदन यादवको फुसको छाना रहेको घरमा भएको आगलागीबाट जलेर उनीहरूको मृत्यु भएको हो ।

आगलागीबाट शरीरको अधिकांश भाग जलिसकेका पाँच वर्षीय रोहितको उपचारको क्रममा आज बिहान टिचिङ अस्पताल काठमाडौमा मृत्यु भएको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *