घाँटीमा मासु अड्किएर एक वृद्धको मृत्यु भएको छ। धनकुटाको महालक्ष्मी नगरपालिका–९, मूर्तिढुङ्गाका ७८ वर्षीय प्रेमबहादुर लिम्बूको घाँटीमा मासु अड्किएर मृत्यु भएको हो ।
सुँगुरको मासु खाँदै गर्दा घाटीमा अड्किएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जेठ २१ गते राति करिब ९ बजे खानेबेला लिम्बूको घाँटीमा मासु अड्किएको थियो ।
अचेत अवस्थामा तत्काल उनलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो ।
तर, गएराति उपचारको क्रममा उनको निधन भएको धनकुटा प्रहरीले जानकारी दिएको छ।