Search
Close this search box.
Search
Close this search box.

चट्याङ लगेर बेहोस भएका ३ जनाको होस खुल्यो

image search 1682092271263

लम्जुङ। लमजुङको घलेगाउँमा शुक्रबार दिउँसो चट्याङ पर्दा बेहोस भएका तीन जना घाइते होसमा आएका छन् । तीनै जनाको बेंसीसहरस्थि लमजुङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो साँढे ३ बजेतिर परेको चट्याङले घलेगाउँको खेलमैदान र विद्यालय नजिकै पाखो चौरमा रहेका उनीहरु बेहोस भएर घाइते भएका थिए । मेघ गर्जनसहित पानी परिरहेको बेला चट्याङ पर्दा क्व्होलासोंथार गाउँपालिका ३, बगुमका ३५ वर्षीय डिलेश्वर गुरुङ, मर्स्याङ्दी गाउँपालिका १ घनपोखराका १९ वर्षीय चेतकुमारी गुरुङ र मर्स्याङ्दी गाउँपालिका ८ आमबोटेका १५ वर्षीय आकाश घले बेहोस भएका हुन् ।

EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *