झापा।
अर्जुनधारा नगरपालिका वडा नम्बर २ चौरासे बस्ने ५४ बर्षीय मोहन प्रसाद दुलालको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
घर नजिकैको मकैबारीमा मल लगाउदै गर्दा आज करिब ४ बजेर ५० मिनेट जादाँ गड्याङगुडुङसंगै परेको चट्याङले उनलाई भेटेको थियो ।
दुलाललाई चट्याङ लागेर छाती तथा पेटको भागमा पिल्सिएर घाईते अवस्थामा बिर्तामोडको बिर्तासिटी अस्पतालमा लगिएको थियाे ।