कचनकवलम। नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रले २०८१ मंसिर २२ गते शनिबार चन्द्रगढी सवस्टेशन र बनियानी सवस्टेशन अन्तर्गतका सम्पूर्ण क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको छ।
विद्युत प्राधिकरणका अनुसार सवस्टेशन सुदृढीकरण आयोजनाअन्तर्गत ३३ के.भी. मेन बसबार, एसीडीबी (ACDB), डिसीडीबी (DCDB) जडान गर्ने तथा पुरानो ११ के.भी. फिडर हटाएर नयाँ फिडरमा लाइन सिफ्ट गर्ने कार्य गरिनेछ। यस कार्यका लागि बिहान ७:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म सम्पूर्ण विद्युत आपूर्ति बन्द गरिनेछ। कार्य समय अगावै सम्पन्न भएमा विद्युत सेवा तत्काल सुचारु गरिने छ।
केन्द्रले सूचनामा उक्त दिन चन्द्रगढी सवस्टेशनबाट सञ्चालन हुने सम्पूर्ण फिडरहरू र बनियानी सवस्टेशनबाट सञ्चालन हुने सम्पूर्ण फिडरहरू प्रभावित हुने जनाएको छ।
प्राधिकरणले ग्राहकहरूलाई यस कार्यका कारण असुविधा भएकोमा क्षमायाचना गरेको छ।।