Search
Close this search box.
Search
Close this search box.

चरालीमा सवारी दुर्घटना, भद्रपुरका नेत्रप्रसादको मृत्यु

झापा। झापाको चारआलीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।  पूर्व-पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका–१२ कालिझोडामा शनिबार साँझ साढे ७ बजेको समयमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको प्र १–०१–०१४ प ८७८२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ११प २०२८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी ८७८२ नम्बरको मोटरसाइकल चालक भद्रपुर नगरपालिका- १० का अन्दाजी ५२ वर्षीय नेत्रप्रसाद परियार सडकमा लडेका थिए । त्यही बेला बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे १ख ३२५१ नम्बरको बसले उनलाई ठक्कर दिई गम्भीर घाइते बनाएका थिए । घाइते परियारलाई बीएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए । 

EPIC

दुर्घटनामा २०२८ नम्बरको मोटरसाइकल चालक हल्दिबारी गाउँपालिका–४ का अन्दाजी ३१ वर्षीय सन्तोष मेचेको टाउकोमा चोट लागेको, सोही मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका अन्दाजी ३१ वर्षीय सुरज मेचेको दाहिने हात र खुट्टामा चोट लागेको छ । दुवै जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुवै मोटरसाइकल र बस प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको छ । बस चालक तत्काल फरार रहेकाले खोजतलास भइरहेको  ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *