चर्च ब्वाइज युनाइटेडले मेचीनगर गोल्डकप उपाधि उचाल्यो

मेचीनगर। सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले पहिलोपटक मेचीनगर गोल्डकपको उपाधि जितेको छ। शनिबार मेचीनगरस्थित काँकरभिट्टा मैदानमा भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले हराउँदै चर्च ब्वाइजले ऐतिहासिक जित दर्ता गर्यो।

खेलको ११औं मिनेटमा समिर तामाङले निर्णायक गोल गरेपछि चर्च ब्वाइज उपाधि उचाल्न सफल भयो। आयोजक टोलीका हेमन्त लिम्बूको गल्तीको फाइदा उठाउँदै तामाङले गोल गरेका थिए। खेलभर दुबै टोलीले गोलका अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन्।

EPIC EPIC EPIC

चर्च ब्वाइजको उपाधिसँगै टोलीले नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता काँकरभिट्टाले ५ लाख रुपैयाँमा चित्त बुझायो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक काँकरभिट्टाका कप्तान खामिर गिल्सान राई घोषित भए। उत्कृष्ट रक्षक दिवस उराउ, उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका टिकेन्द्र थापा र उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजकै सुमन श्रेष्ठ बने। उच्च गोलकर्तामा मछिन्द्र एफसीका युसुफ मलिक र चर्च ब्वाइजका अवयोमी फकुन्ले रहेका छन्, जसले समान ३ गोल गरेका थिए।

प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की लगायतले पुरस्कृत गरेका थिए। होटल मेची क्राउन मुख्य प्रायोजक रहेको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले ५१ हजार, उच्च गोलकर्ताले २५ हजार, उत्कृष्ट गोलरक्षक र प्रशिक्षकले समान २१ हजार तथा उदीयमान खेलाडीले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *