Search
Close this search box.
Search
Close this search box.

चाडपर्वमा सीसी क्यामेरा बिग्रदा कचनकवलमा थप सुरक्षा चुनौती

कचनकवल। नेपाल-भारत सिमासंग जोडिएको दक्षिणी झापाको कचनकवल गाउँपालिकामा अपराधका प्रशस्त घटना घटिरहेको छ।

कचनकवलको मुख्य बजार बनियानीमा दैनिकजसो सडक दुर्घटना साथै लुटपाटका घटना समेत हुने गरेका छन् ।

EPIC

पछिल्लो समयमा बनियानीको मुख्य सडक आसपास राखिएको सिसी क्यामेरा बिग्रिएसँगै सुरक्षामा पनि चुनौती थपिएको ईलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक जीत बहादुर कार्कीले बताउँनुभयो । सिसी क्यामेरा बन्द हुँदा अपराध र विभिन्न घटनाहरूको अनुसन्धानमा असहज भइरहेको उनको भनाइ छ । ‘प्रहरीलाई कुनै घटना, दुर्घटना भयो भने सिसी क्यामेराबाट पत्ता लगाउन सजिलो हुन्छ’ उनले भने, ‘सिसी क्यामेरा बिग्रीएकाले अनुसन्धानमा असहज भइरहेको छ ।’ उनले सिसी क्यामेरा सञ्चालन नहुँदा अपराध गर्ने व्यक्तिहरूको खोजी गर्न समस्या हुनेगरेको बताए ।

केही महिना देखि लथालिङ्ग सिसी क्यामेराको मर्मतमा कचनकवल गाउँपालिकाले खासै चासो दिएको छैन । बजारमा जडान गरिएका क्यामेराको नियन्त्रण गाउँपालिका आईटी शाखामा छ । प्रहरीका अनुसार अहिले अधिकांश क्यामेरा बिग्रिएर काम नलाग्ने भइसकेको कार्की बताउँछन् । कचनकवलको मुख्य चोक बनियानीमा राखिएका क्यामेरा बिग्रिएको अवस्थामा रहेको उनले बताए । सुरक्षा दृष्टिकोणले संवेदनशील रहेको बनियानी चोकमा राखिएका क्यामेरा बिग्रदा चोरी, लुटपाट, दुर्घटना र विभिन्न अपराधको अनुसन्धानमा चुनौती हुने गरेको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *