बुद्धशान्ति (पालिका सन्देश) । राप्रपा गाउँकमिटि बुद्धशान्तिले आयोजना गरेको आमसभाको अवसर पारेर चारसय बढी राप्रपामा प्रवेश गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले अविर लागाउँदै प्रवेश गराएका राप्रपा गाउँकमिटि बुद्धशान्तिका अध्यक्ष नारायण न्यौपानेले बताएका छन् ।

राप्रपा गाउँकमिटि बुद्धशान्तिले आयोजना गरेको आमसभा कार्यक्रममा बोल्दै राजेन्द्र लिङ्देनले केही नेताले देशलाइ बन्धक बनाएको आरोप लगाएका छन्। बुधबार झापा बुद्धशान्ति स्थित बालुवाटार चोकमा पार्टि प्रबेश र आमसभालाई सम्बोधन गर्दै उनले तीन ठुला भनिएका पार्टीका कारण देश क्रमश अप्ठ्यारो स्थितिमा पुगेको बताए।

शासन सत्ताको बागडोर सम्हालेका नेपाली काङ्ग्रेस,एमाले र माओवादीले देशलाई गलत दिशातर्फ लगेका छन् जसको परिणाम सारा जनता र देशले भोग्नुपरेको छ,उनिहरु गल्ती दोहोर्याइरहने अनि त्यसको दुस्परिणाम हामिले भोगिराहने पर्ने रु उनले प्रश्न गरे।
ठुला दलहरुले परराष्ट नितिमा साझा धाराणा बनाउन नसक्दा अन्तराष्ट्रीय स्तरमै देशको छवि बिग्रेको समेत उनको भनाई थियो।
राप्रपा नेपाल बुद्धशान्तीद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले अधिकाशं समय तीन ठुला दललाई गाली गर्नमै खर्चिएका थिए।
