चाराली जेसीजले दियो विद्यार्थीलाई तालिम

बिर्तामोड । चारआली जेसीजको आयोजनमा आज मेचिनगर नगरपालिका १३ स्थित श्री त्रिदेव बहुमुखी क्याम्पसका विध्यार्थीहरुको बौद्धिक विकास गर्ने उद्देश्यले `इलिमेन्ट्स अफ स्टुडेन्ट लाइफ´ शिर्षकमा एक विशेष तालिम कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष जेसी सन्तोष न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिका शिक्षा अधिकृत होम भण्डारी प्रमुख अतिथि रहनुभएको थियो ।

EPIC EPIC EPIC

नेपाल जेसीज वर्ष २०२१ क्षेत्र क निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसीआइ सिनेटर अरुण कुमार दाहालको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रममा नेपाल जेसीज वर्ष २०२१ महासचिव जेसीआइ सिनेटर विकास मानन्धार , नेपाल जेसीज वर्ष २०२१ कानुनी सल्लाहकार जेसी गोकुल सापकोटा ,नेपाल जेसीज वर्ष १९९८ का अध्यक्ष जेसी आई सिनेटर प्रा.डा. दिपक शाक्य तथा प्रथम महिला लगायतको विशेष आतिथ्यता रहेको थियो ।

विरता जेसीज वर्ष २०२१का अध्यक्ष जेसी राजिव धिमाल ,त्रिदेव बहुमुखी क्याम्पसका प्रमुख माधव प्याकुरेल ,नेपाल जेसीज वर्ष २०२१ का तालिम निर्देशक जेसी मनिष श्रेष्ठ लगायतको आतिथ्यता रहेको तालिम कार्यक्रमलाई क्षेत्र क निरुपित राष्ट्रिय उपाध्यक्ष नेपाल जेसीज वर्ष २०२१ जेसी रजनी थापाले सहजीकरण गर्नुभएको थियो ।

चाराली जेसीजका निवर्तमान अध्यक्ष जेसी दिपेन्द्र निरौला , वर्ष २०१९ का अध्यक्ष जेसी उत्तम प्रसाद पकुवाल ,वर्ष २०१७ का अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२१ का बोर्ड सल्लाहकार जेसी धन बहादुर तामाङ, चारआली जेसीजका संस्थापक अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२१ अध्यक्ष सल्लाहकार, पूर्व अध्यक्ष समाज झापाका महासचिव जेसी बिष्णु प्रसाद रिमाल लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा जेसी आई सिनेटर प्रा.डा. शाक्य एवं प्रमुख अतिथि भण्डारीले मन्तव्यका क्रममा आफ्ना विध्यार्थी जिवनको स्मरण गर्दै जिवनका हरेक आरोह अबरोहलाई पार गर्दै अघि बढ्न प्रेरणा दिनुभयो ।

प्रशिक्षक थापाले विध्यार्थी जिवनका कर्तव्यहरु , सफलताका रहस्य र विध्यार्थी जिवनमा आइपर्ने हरेक किसिमका समस्याहरु संग कसरी जुध्ने लगायतका विषयमा सहजीकरण गर्नुभएको कार्यक्रममा प्रशिक्षार्थी आशिष् पौडेलले आफ्नु भित्री आँखा खुलेको प्रतिक्रिया दिए ।

कार्यक्रम संयोजक जेसी हरिकृष्ण भण्डारीले स्वागत मञ्तब्य राख्नुभएको कार्यक्रममा जेसी सञ्जय निरौलाले जेसीज आस्था तथा जेसीज मिसन भिजन वाचन गर्नुभएको थियो भने कार्यक्रममा सञ्चालन महासचिव जेसी बिर बहादुर बेघा (बिरु) ले गर्नुुुभएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *