चार्ल्स विश्वविद्यालका विद्यार्थीले नै अन्धाधुन्ध गोलि चलाउँदा १४ विद्यार्थीको मृत्यु, २५ घाइते

चेक रिपब्लिकमा एक बन्दुकधारीले विश्वविद्यालय परिसरमा अन्धाधुन्ध गोली चलाउँदा १४ विद्यार्थीको मृत्यु भएको छ । २५ भन्दा बढी घाइते भएका छन् ।

बन्दुकधारी चार्ल्स विश्वविद्यालयका २४ वर्षीय विद्यार्थी रहेको पुष्टि भएको छ । उनी मृत भेटिएका छन् । उनको मृत्यु आत्महत्या वा प्रहरी कार्वाहीमा भयो भन्‍ने स्पष्ट भएको छैन । बन्दुकधारीको पहिचान पनि खुलाइएको छैन ।

EPIC EPIC EPIC EPIC EPIC

यसअघिका केही हत्याकाण्डमा समेत उनको संलग्नता भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । घटनाका बेला विश्वविद्यालय परिसरमा भागदौड मच्चिएको थियो ।

राष्ट्रपति पिटर पावेलले घटना चेकको इतिहासमै सर्वाधिक त्रासदीपूर्ण भएको बताएका छन् । मृतकहरुप्रति सम्मान व्यक्त गर्न भोलि शोकसभा गरिने भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *