चार दिनदेखि बेपत्ता रहेका लालिगुरासँ डटकममा पत्रकार ढकाल मृत फेला

पत्रकार तथा मोडल प्रकाश ढकाल मृत फेला परेका छन् । शुक्रबारबाट वेपत्ता भएका ढकालको शव आज धादिङको रोराङ गाउँपालिकाको कृष्ण भीरमा फेला परेको प्रहरीले जनाएको छ । स्याङ्जाबाट शुक्रबार काठमाडौं आउँदै गर्दा पत्रकार ढकाल वेपत्ता भएका थिए ।

उनी हाल लालिगुरासँ डटकममा कार्यरत रहेका थिए । उनको हत्या भएको परिवारको आशंका रहेको छ । परिवारले शंका लागेका केही व्यक्तिविरुद्ध जाहेरी दिने तयारी गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूएई शाखाका पूर्व सहसभिवसमेत हुन् । उनी वैदेशिक रोजगारीका लागि दुबईमा छँदा सो जिम्मेवारीमा थिए । उनले करिब दुई दर्जन गीतमा अभिनय पनि गरेका छन् ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *