चार हजार रुपैयाँ घूससहित प्रहरी वरिष्ठ नायब निरीक्षक पक्राउ

जनकपुरधाम । धनुषाको सीमा प्रहरी कार्यालय जटहीका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक देवकीलाल चौधरी घूससहित पक्राउ परेका छन् ।

चौधरीलाई ४ हजार रुपैयाँ घूससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले पक्राउ गरेको हो । बिहीबार अख्तियारको टोलीले उनलाई जिल्लाको नगराईन नगरपालिका वडा नम्बर २ जटहीस्थित विनायक इन्टरप्राइजेज मदिरा पसलबाट पक्राउ गरिएको आयोगको बर्दिबास कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद हुमागाईले जानकारी दिए ।

EPIC EPIC EPIC EPIC EPIC

उनले भने, “गोप्य सूचनाको आधारमा हामीले भनेको ठाउँमा जाँदा प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक चौधरीलाई घूसको चार हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेका हौँ ।”

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *