चितवन – त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत चितवनमा दुई वटाबाहेक सबै क्याम्पसमा स्थगित भएको छ ।
पूर्वी चितवनको रत्ननगरस्थित सहिद स्मृति बहुमुखी क्याम्पस र माडी क्याम्पसमा मात्रै आज स्ववियु निर्वाचन हुन लागेको हो । ती कलेजहरुमा बिहान ८ बजेदेखि मतदान सुरु भएको छ । अपराह्न ४ बजेसम्म चल्ने मतदानका लागि कलेजहरुमा सुरक्षा व्यवस्था कडा पारिएको चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । उनले अन्य कलेजहरुमा पनि निर्वाचन गराउने तयारी गरिए पनि निर्वाचनको वातावरण नबनेकाले स्थगित भएको बताए ।