चितवनमा नारायणकाजी श्रेष्ठको माफी: ‘मेरो व्यवहार सुहाएन’

काठमाडौँ — ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’को उद्घाटनमा झोँक्किएका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चितवन आएर माफी मागेका छन् । झापाको कार्यक्रममा आफूले मनोवैज्ञानिक अवरोध उत्पन्न भएको महसुस गर्दा रिसाउन पुगेको उनको स्पष्टीकरण छ ।

मंगलबार चितवनमा पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सार्वजनिक रूपमै माफी मागेका हुन् । उनले भने, ‘मैले बोल्न मात्र सुरुवात के गरेको थिएँ अलिकति त्यहाँ मनोवैज्ञानिक अवरोधजस्तो उत्पन्न भयो । अनि त्यसपछि त्यसलाई अलिकति बिझाएजस्तो महसुस गरेँ ।’

EPIC EPIC EPIC EPIC

पछि आफूले त्यसलाई सामान्य घटनाका रूपमा लिएको उनले बताए । ‘सामान्य घटनाका रूपमा लिन सबैलाई अनुरोध गर्छु । त्यसो नगरिदिया भए पनि हुन्थ्यो । सहिदिएको भए पनि हुन्थ्यो । कतिपयले मलाई म्यासेज पनि पठाउनु भएको छ । पार्टीबाहिरका साथीहरूले पनि मलाई तपाईंको टावरिङ पर्सनालिटीले त्यसो गर्नु सुहाएन भन्नु भएको छ । जसलाई अलि चित्त दुख्या छ, सार्वजनिकै रूपमा क्षमायाचना गर्न चाहन्छु,’ उनले भने ।

आइतबार आफू बोल्दाबोल्दै कार्यक्रम सञ्चालक राजु आचार्य पोडियम अगाडि उभिएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले, ‘तपाईं मलाई मन्तव्य छोट्याउनुस् भन्नलाई अगाडि देखा पर्नुभएको ?’ भन्दै माइक छाडेका थिए । अभियान उद्‍घाटन सभामा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ बोल्दै थिए । त्यही क्रममा उनले असन्तुष्टि व्यक्त गर्दै माइक नै छाडे । घटनाले अध्यक्ष दाहाललाई असहज बनाएको देखिन्थ्यो । तर, दाहालले आफ्नो सम्बोधनको क्रममा भने उक्त विषयलाई सामान्यीकरण गर्ने प्रयास गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *