जाजरकोट भूकम्पबाट प्रभावितहरूका लागि छिमेकी राष्ट्र चीनले १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।
शनिबार नेपालका लागि चिनियाँ राजदूत चेन सङले १० करोड बराबरको सहयोग गर्ने ट्वीटरमार्फत जानकारी गराएका छन् ।
साउथ एसियन कन्ट्रीज इमरर्जेन्सी सप्लाइज रिजर्भबाट सो सहयोग गर्न लागिएको राजदूत सङले उल्लेख गरेका छन् ।
टेन्ट, ब्ल्याङ्केटलगायत सामग्रीहरू सामग्रीहरु राहत स्वरुप चाइनाले प्रदान गर्ने भएको हो ।