चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदको औपचारिक उद्घाटन भएको छ । उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका छन्।
अमेरिका भ्रमण सकेर हङकङ हुँदै प्रधानमन्त्री प्रचण्ड आजै बिहान चीन पुगेका हुन्।
लगत्तै उनी त्यहाँका राष्ट्रपति सी चिनफिङसँगै एसियन गेम्स उद्घाटन समारोहमा सहभागी भएका हुन् ।
एसियन गेम्समा नेपालका २९ खेलका २ सय ५३ खेलाडीले नेपालको चुनौती पेस गर्दै छन्। एसियन गेम्समा नेपालबाट सबैभन्दा धेरै खेलाडी पहिलोपटक सहभागी हुन लागेका हुन्।
एसियाडको उद्घाटनको मार्च पासमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तेक्वान्दोका वीरबहादुर महरा र १२ र १३औं सागकी स्वर्ण पदक विजेता उसुकी निमा घर्तिमगरले नेपालको झन्डा बोक्नेछन्।
एसियाडको उद्घाटनअघि नै नेपालको पुरुष भलिबल टोली भने प्रतियोगिताबाट बाहिरिसकेको छ। समूह चरणका दुवै खेलमा पराजित नेपाली टोली बाहिरिएको हो। एसियाडमा महिला भलिबल, टेबल टेनिसका खेल पनि सुरु भसकेका छन्।
एसियाडका लागि सहभागी खेलाडी, प्रशिक्षक, पर्यवेक्षक चीन पुग्ने क्रम जारी छ।
एसियाडका लागि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायत चीन पुगिसकेका छन्।