चुरोट र रक्सीको मूल्य तीनगुनासम्म बढाउने मन्त्री पौडेलको प्रस्ताव


भक्तपुर। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चुरोट र रक्सीको मूल्य उल्लेख्य रूपमा वृद्धि गर्ने प्रस्ताव गरेका छन्। भक्तपुरको मध्यपुर थिमीमा सोमबार सम्पन्न नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको १७औं स्थापना दिवस तथा ब्लड बैंक उद्घाटन समारोहमा बोल्दै उनले चुरोटको मूल्य १० रुपैयाँबाट ३० रुपैयाँ पुर्‍याउने र रक्सीको मूल्य प्रति बोतल १ हजार रुपैयाँबाट ३ हजार पुर्‍याउने प्रस्ताव सार्वजनिक गरे।

मन्त्री पौडेलका अनुसार मूल्यवृद्धिबाट उठेको केही रकम स्वास्थ्य बिमा कोषमा लगानी गरिनेछ। उनले भने, “स्वास्थ्य बिमा जीवन्त बनाउन यसरी जुटाइएको स्रोतलाई उपयोग गर्न सकिन्छ, नत्र स्वास्थ्य बिमा नै खारेज गर्नुपर्ने अवस्था आउन सक्छ।”

EPIC EPIC EPIC EPIC EPIC

उनले स्वास्थ्य बिमा योजनालाई हालको एक लाख रुपैयाँ बीमाङ्कबाट पाँच लाख रुपैयाँ पुर्‍याउन मन्त्रालयले अघि सारेको तयारीबारे समेत जानकारी गराए।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, मध्यपुर थिमी नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, पूर्वमेयर मदनकृष्ण श्रेष्ठ, उपमेयर अन्जना देवी मधिकर्मी लगायतले स्वास्थ्य सेवा, पूर्वाधार र बजेट व्यवस्थापनका विविध पक्षमा आफ्ना धारणा राखेका थिए।

स्वास्थ्य क्षेत्रमा स्रोत परिचालन र बिमाको दिगोपनालाई जोड दिँदै मन्त्री पौडेलको अभिव्यक्तिले नीति निर्माण तहमा कर संरचना र सामाजिक सुरक्षाबीचको सम्बन्धलाई पुनः बहसमा ल्याएको देखिन्छ।

तपाईंलाई यो खबर छोटो संस्करणमा पनि चाहिन्छ?

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *