Search
Close this search box.
Search
Close this search box.

चुलाचुलीमा पौडी खेल्ने क्रममा बालिकाको मृत्यु

ईलाम। ईलामको चुलाचुली गाउँपालिका वडा नं ३ स्थित ऐना पोखरीमा पौडी खेल्ने क्रममा एकको मृत्यु भएको छ ।

स्थानिय पर्यटकिय स्थलमा पौडी खेल्ने क्रममा चुलाचुली ४ निवासी १८ वर्षीय बिनिता जोगिको मृत्यु भएको हो भने संगै रहेको २ जना अस्पतालमा उपचाररत रहेका छन ।

EPIC

मृतक जोगि सहित अन्य २ जना महिला पौडि खेलिसकेर फर्कने  क्रममा करिब दिउँसो १२ बजे जोगिको खुट्टा चिप्लिएर पोखरिमा पसेकि थिइन । साथमा रहेका साथीहरुले उनलाई निकाल्न समेत प्रयास गरेका थिए ।

मृतकलाई पोखरीको पानी सुकाएर बाहिर निकालिएको हो।

मान बहादुर जोगी र निर्मला जोगीकि छोरी बिनिता हालसालै स्थानिय बालज्योती मा.बि. बाट ११ को परीक्षा दिएर बसेकी थिइन ।  आमा निर्मला बिदेश रहेको कारण उनी बुबा र दाजुको साथमा रहेकी थिइन ।

ईलाका प्रहरी कार्यालय दमकको एक टोलिले लासलाई पोस्टमार्टमको लागि दमक लैजाने तयारी गरिरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *