Search
Close this search box.
Search
Close this search box.

चुल्ठे शान्तिनगर वनको २९औं साधारणसभा,अध्यक्षमा पुनः खतिवडा

शान्तिनगर| चुल्ठे शान्तिनगर सामुदायिक वनको २९औं साधरणसभा सम्पन्न भएको छ।
अध्यक्ष प्रदिपदेव खतिवडाको अध्यक्षतामा भएको साधरण सभाले नयाँ कार्यसमिति चयन गर्ने भएपनि उपभोक्ताहरुले पुरानै समितिलाई अनुमोदन गरेको निर्वाचन मण्डलका संयोजक आनन्द कोइरालाले जानकारी दिए।

डिभिजन वन हाँसपोखरीका प्राविधिक इश्वरी घिमिरेको प्रमुख आतिथ्यता एवं सशस्त्र प्रहरी बल टिमाईका प्रमुख हेमचन्द्र प्याकुरेल बिशिस्ट अतिथि रहेका थिए।

EPIC

प्रमुख अतिथि घिमिरेले सामुदायिक वन सम्बन्धि फरक-फरक निति बनेकाले समितिले जिम्मेवार बनेर काम गर्नुपर्ने बताए।
उनले सामुदायिक वनले परा-पर्यटन र वन बिकासका क्षेत्रमा काम गरी आम्दानी बढाउनुपर्ने उल्लेख गरे।

त्यस्तै आन्तरिक लेखा परिक्षण संयोजक गंगाराम राईले आर्थिक प्रतिवेदन पेश गरेका थिए।
पहिलो सत्रमा सामुदायिक वन संचालन कार्यबिधि र नेपालको संविधान बमोजिम आँफु र आफ्नो समितीले कार्य संचालन गरेको भन्दै प्रगति विवरण पेश गरेका थिए।

उपभोक्ता मध्येबाट बनेको निर्वाचन मण्डलका संयोजक आनन्द कोइरालाले नयाँ अध्यक्ष लगायत लगायत अन्य पदका लागी नाम आह्वान गरेका थिए।
अंधिकाश उपभोक्ताहरुबाट पुरानै समितिको नाम दोहोरिएपछी अध्यक्ष खतिवडा पुनः निर्वाचित भएका हुन्।

अध्यक्षमा पुनर्निर्वाचित भएपछि बोल्दै अध्यक्ष खतिवडाले उपभोक्ताले बिश्वास गरेर फेरि दोश्रो कार्यकाल सुम्पेकोमा धन्यवाद दिएका थिए।
अध्यक्षमा खतिवडासँगै सिङ्गो समिति नै पुनर्निवाचित भएको छ।त्यसैगरी उपाध्यक्षमा पवित्रा ढकाल, सचिवमा चुडामणि न्यौपाने र कोषाध्यक्षमा देविका कोइराला निर्वाचित भएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *