चेन्नईमा मृत फेला परेका अर्जुनधाराका रबिन श्रेष्ठको शव आज नेपाल ल्याइँदै

अर्जुनधारा। भारतको चेन्नईमा मृत फेला परेका अर्जुनधारा नगरपालिका–२, खुदुनाबारीका रबिन श्रेष्ठको शव आज नेपाल ल्याइँदैछ।

श्रेष्ठका आफन्त लोकमान श्रेष्ठका अनुसार शव आज अपरान्ह ४ बजे भारतको पश्चिम बङ्गालस्थित बागडोग्रा विमानस्थलमा ल्याइनेछ। त्यसपछि आजै साँझ श्रेष्ठको शव गृह जिल्ला झापाको खुदुनाबारीस्थित निवासमा पुर्‍याइने कार्यक्रम रहेको छ। उनका अनुसार अन्त्येष्टि बुधबार गरिने परिवारले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

करीब दुई साताअघि मात्रै व्यापारिक प्रयोजनका लागि भारत गएका श्रेष्ठ चेन्नईमा केही समयदेखि सम्पर्कविहीन बनेका थिए। चेन्नई प्रहरीले उनलाई एक साताअघि रिबोन बिल्डिङको २ नम्बर गेट नजिकै मृत फेला पारेको जनाएको छ। प्रहरीले दिएको जानकारीअनुसार श्रेष्ठको अनुहार र टाउकोमा चोट लागेको अवस्था थियो।

उनको मृत्युको कारण भने हालसम्म खुल्न सकेको छैन। श्रेष्ठ लामो समयदेखि व्यापार व्यवसायमा संलग्न थिए।

उनी श्रीमती र दुई छोरासहितको परिवारमा थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
2
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *