Search
Close this search box.
Search
Close this search box.

चेप्टीलाई दार्जिलिङ बनाउछु: संचालक दिनेश सिवाकोटी

इलाम। इलामको माई नगरपालिका २ चेप्टीमा रहेको ह्याप्पी ड्रिम चेप्टी विभिन्न उत्सव र चाडपर्वमा पर्यटनको मुख्य केन्द्र बन्दै गएको छ। भर्खरै सकिएको नेपालीहरुको महान चाड दशै पर्व संगै यस पर्यटकीय क्षेत्रको अवल‍ोकनमा देखीएको पर्यटकको लर्कोले पनि चेप्टी विभिन्न उत्सव र चाडपर्वमा पर्यटनको मुख्य केन्द्र बिन्दु बनेको हो। सम्भवत नेपालको सबै भन्दा ठुलो क्षेत्रफलमा रहेको साथै निशुल्क पनि बिभिन्न खेलहरु खेल्न सकिने अनि प्राकृतिक बातावरणमा रुमलिन पाईने यस क्षेत्रमा विभिन्न ठाउँबाट दशै मनाउन अाफ्नो घर अथवा आफन्तकामा आएका आम सर्वसाधारणको ध्यान चेप्टी पार्कले खिचेको देखिएको छ , जसको फलस्वरूप दशैभर चेप्टी पार्कमा अान्तरिक तथा बाह्य पर्यटकको घुचोनै लाग्यो ।
दशैँ भर हजारौ पाउना पर्यटकले चेप्टि अबलोकन गरेको यहाँका संचालक दिनेश सिवाकोटीले  बताएका छन्। यो दशैमा सोचे भन्दा बढी पर्यटक देखेर चेप्टी पार्क परिवार हर्सित भएको प्रमुख व्यवस्थापक दीपक ढुङ्गानाको भनाइ छ ।

नेपाली पर्यटकका साथै भारतीय पर्यटकको समेत दैनिक  बाक्लो उपस्थित रहेको देख्दा हीजो पार्क नबन्दाको सन्नाटा,  विकटता र चेप्टीमा घर छ भन्नपनि लाज लागेको बिगतको क्षण सम्झदै अहिले पार्क बनेपछी हर्षका साथ पार्क छेउमा आफ्नो घर छ भन्नपाउनु चेप्टीका बासिन्दाको अहो भाग्य भएको स्थानिय हरु बताउछन् । नेपालमै नमुना पार्कको रुपमा पहिचान बनाउदै गरेको चेप्टी पार्कमा पानी जहाज, डुङ्गा सयर, हेलिकप्टर, विभिन्न प्रकारका पिंङ, सेल्फी डाँडा, घोडचडी, नमुना आकर्षक हिमाल, हिमलबाट बग्ने झरना, डान्सिङ कटेज, आकर्षक गार्डेन, साथै मुर्तिकलाहरु ड्रागन, लगायतका संरचनाहरुले त्याहाँ पुग्ने पर्यटकहरुलाई भरपुर मनोरञ्जन दिस्थानमा रहेक‍ो छ । फेरि पनि दिनहुँजसो फरक फरक किसिमका थप संरचनाहरु निर्माण गरिदै जाने र दोहोर्‍याएर अाएका पर्यटकलाई पनि फरक किसिमले मनोरञ्जन दिने र अब चेप्टीलाई फुलैफुलको पार्क बनाएर दार्जिलिङ बनाउने र माई नगरपालिका लाई नेपाल मै परिचीत बनाउने  सन्चालक दिनेश शिवाकोटी बताउछन् । नेपाल सरकारले यतिको पार्क बनाउन नसकेको र सरकारलाई चुनौती दिंदै अब म अझै धेरै अगाडी पुर्‍याएर चेप्टीलाई सफलतामा पुर्‍याउँछु” भन्ने सिवाकोटीको भनाई रहेको छ। उनले भने हिजो सम्म मैले यहाँका युवालाई रोजगार मात्र दिएको थिएँ तर अहिले मैले रोजगार संगै ब्यवसाय गर्न पनि सिकाउँदै जादैछु भन्ने उनको भनाई रहेको छ साथै अब युवाहरुले देश मै केही गर्नु पर्छ । भनेर अपिल समेत गरेका छन्।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *