Search
Close this search box.
Search
Close this search box.

चैत ३ गतेसम्म खाली हुने सबै क्षेत्रमा एकैपटक उपनिर्वाचन गर्ने आयोगको तयारी

काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएपछि खाली हुने क्षेत्र र चितवन २ मा एकै दिन उपनिर्वाचन गर्ने तयारी गरेको छ। फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ को उपराष्ट्रपति निर्वाचनबाट निर्वाचित सांसदको पद रिक्त हुने व्यवस्था छ। त्यहाँ उपनिर्वाचन गर्नुपर्छ। चितवन २ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदै छ।

आयोगले तीनवटै क्षेत्रमा एकै दिन निर्वाचन गर्ने तयारी गरिरहेको आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए। राष्ट्रपतिमा कांग्रेसका तर्फबाट उम्मेदवार रामचन्द्र पौडेल र एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङ छन् । पौडेल तनहुँ १ र नेम्वाङ इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

EPIC

राष्ट्रपति निर्वाचनपछि यी दुईमध्ये एक क्षेत्र खाली हुनेछ। उपराष्ट्रपतिको उम्मेदवारको टुंगो भने लागेको छैन। आयोगले उपनिर्वाचन गर्नुपर्ने क्षेत्रका लागि निर्वाचन सामग्री किन्नु नपर्ने जनाएको छ। मतपत्र छपाइ र कर्मचारीलगायत लागि एक निर्वाचन क्षेत्रमा करिब दुई करोड खर्च हुने आयोगको भनाइ छ। आयोगले राष्ट्रपति निर्वाचनका लागि मतपत्र छपाइसँगै सम्पूर्ण तयारी पूरा गरेको जनाइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *