Search
Close this search box.
Search
Close this search box.

चोरी गर्न गएकै घरमा एसी खोलेर सुतेपछि पक्राउ परे चोर

काठमाण्डौं। गर्मीका कारण नेपाल, भारत लगायत कतिपय देशमा जनजिवन प्रभावित भईरहेको छ। गर्मीको यो प्रभाव अपराधिक कृयाकलापमा पनि परेको छ। भारतको उत्तर प्रदेश राज्यमा चोरी गर्न गएका एक जना चोर सितल भेटेपछि त्यही निदाएर पक्राउ परेका छन्।

उत्तर प्रदेश स्थित लखनउमा एक जना ब्यक्ति चोर्न भनेर एक घरमा प्रवेश गरेका थिए। ति व्यक्ति निदाइराखेको अवस्थामा पक्राउ परेका छन्। मदिराले मात्तिएका उनी एसी भेटाएपछि खोलेर त्यहीँ निदाएको प्रहरीले जनाएको छ।

EPIC

यो घटना आइतबार बिहानीपख भएको प्रहरीको भनाइ छ। ती व्यक्ति लखनउको इन्दिरानगर क्षेत्रमा एक डाक्टरको घरमा पसेका थिए। तर, डाक्टरको परिवार वाराणासीमा भएकाले मान्छे कोही थिएनन्। त्यसपछि एसी खोलेर उनी आनन्दले भुइँमा सुते।

बिहान घरको सामुन्ने गेट खुला देखेपछि छिमेकीहरुले ती डाक्टरलाई फोन गरे। डाक्टरले आफू घरमा नभएको बताउँदै प्रहरीलाई बोलाए। त्यसपछि प्रहरी घरमा आइपुग्यो। जसले सुतिरहेका व्यक्तिलाई उठायो।

प्रहरीले सार्वजनिक गरेको तस्बिरमा ती व्यक्ति हातमा फोन समातेर निदाइरहेका देखिन्छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *