ताप्लेजुङ । जिल्लाको मेरिङदेन गाउँपालिका-६ बिब्लाटेमा चट्याङले लागेर एक किशोर को मृत्यु भएको छ ।
अपरान्ह ४ बजे स्थानिय ग्याबु शेर्पाको १६ बर्षीय छोरा फुर्बा शेर्पालाई चौरी गोठाला गई गोठमा फर्किने क्रममा अबिरल बर्षासँगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
थप अनुसन्धान तथा लाशको कानुनि प्रकृयाको लागी ईलाका प्रहरी कार्यालय दोभानबाट प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।