च्याम्पियन्स लिगमा आर्सनल ५-१ ले रियल म्याड्रिडलाई हराउँदै सेमिफाइनलमा


युइएफए च्याम्पियन्स लिग २०२४/२५ अन्तर्गत बुधबार राति सम्पन्न क्वार्टरफाइनल दोस्रो लेगमा आर्सनलले घरेलु मैदानमा खेलिरहेको रियल म्याड्रिडलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। यससँगै इंग्लिस क्लब आर्सनलले समग्र एग्रिगेट स्कोर ५-१ बनाउँदै १६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको हो।

खेलको पहिलो लेगमा आर्सनलले ३-० को प्रभावशाली जित निकालेको थियो। दोस्रो लेगमा पनि आर्सनलको रणनीति र तीव्र आक्रमणले रियल म्याड्रिडलाई दबाबमा राख्यो।

EPIC EPIC EPIC EPIC EPIC

आर्सनल र रियल म्याड्रिडबीचको च्याम्पियन्स लिग क्वार्टरफाइनल दोस्रो लेग निकै रोमाञ्चक रह्यो, जहाँ आर्सनलले रियललाई २-१ ले पराजित गर्दै समग्रमा ५-१ को एग्रिगेट स्कोरसहित सेमिफाइनलमा स्थान बनायो। खेलको ६३औं मिनेटमा आर्सनलका युवा स्टार बुकायो साकाले मिकेल मेरिनोको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर दुई मिनेटमै, ६५औं मिनेटमा, रियल म्याड्रिडका विनिसियस जुनियरले व्यक्तिगत प्रयासमा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको अन्त्यतिर, ९०+३ मिनेटमा, गैब्रिएल मार्टिनेलीले निर्णायक गोल गर्दै आर्सनललाई जित दिलाए। पहिलो हाफमा आर्सनलले पाएको पेनाल्टीमा साकाले ‘पानेन्का’ शैलीमा प्रहार गरे पनि रियलका गोलकिपर थिबाउ कर्टोइसले शानदार बचाउ गरे। त्यस्तै, रियल म्याड्रिडले दोस्रो हाफमा पाएको पेनाल्टी VAR जाँचपछि रद्द गरियो। खेलको क्रममा आर्सनलका थॉमस पार्टीले पहेंलो कार्ड पाए, जसका कारण उनी सेमिफाइनलको पहिलो खेलमा अनुपस्थित रहनेछन्।

अब आर्सनलले च्याम्पियन्स लिगको सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन (PSG) सँग प्रतिस्पर्धा गर्नेछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *