छठ पर्वमा दुर्घटना जोखिम रोक्न पाठामारीको मेची पुलमा प्रहरी र स्वयंसेवक खटाइने

कचनकवल। छठ पर्वको मुख्य दिन नजिकिँदै जाँदा कचनकवल–५ पाठामारीस्थित मेची नदीमाथिको झोलुङ्गे पुलमा भीड बढ्ने सम्भावना देखिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरी चौकी पाठामारी र सशस्त्र प्रहरी बल (बिओपी) डाँगाबारीले संयुक्त रूपमा सुरक्षा व्यवस्था कडा पारेका छन्।

स्थानीय सरोकारवालासँगको छलफलपछि स्वयंसेवक खटाउने, सादा पोशाकमा प्रहरी परिचालन गर्ने र अनैतिक गतिविधिमाथि निगरानी राख्ने निर्णय गरिएको छ। साथै भोलिदेखि पर्सी बिहान अर्घ्य पूजा सम्पन्न नहुँदासम्म अत्यावश्यक बाहेकका मोटरसाइकल आवागमन र पुलमा अनावश्यक भिडभाड रोक्ने सहमति भएको हो। त्यसको वैकल्पिक रुपमा डुंगा सञ्चालन गरिने छ।

EPIC EPIC EPIC

छठको अवसरमा नेपाल र भारतका भक्तजन संयुक्त रूपमा मेची किनारमा पूजाआजा गर्न भेला हुने भएकाले सुरक्षा चुनौती थपिएको छ। स्थानीय स्वयंसेवकले पहिलो चरणमा सम्भावित जोखिम वा अव्यवस्था देखिए सम्झाइ–बुझाइमार्फत नियन्त्रण गर्ने र अटेर भएमा प्रहरी प्रशासनलाई जिम्मा दिने व्यवस्था गरिएको सशस्त्र प्रहरी बल बिओपी पाठामारीका सई झमकबहादुर कार्कीले पालिका सन्देशसँग बताए।

नेपाल–भारत सीमामा अवस्थित सो झोलुङ्गे पुल मुलुककै होचो गाउँपालिका कचनकवलको एकमात्र सस्पेन्सन ब्रिज हो। संघीय सरकारले चार करोड १२ लाख २९ हजार रुपैयाँ लागतमा निर्माण गरेको ४४२ दशमलव ४० मिटर लामो उक्त पुलले पाठामारी (नेपाल) र धोबीभिट्टा (भारत)लाई जोड्छ।

विसं २०७३ मङ्सिर १७ गते नीलगिरि–महावीर जेभीसँग सम्झौता भए पनि बजेट अभावका कारण निर्माण कार्य ढिलो भएको थियो। गत भदौ ३१ गते औपचारिक रूपमा सञ्चालनमा आएको पुल अहिले पैदल यात्री र मोटरसाइकल आवागमनका लागि खुला गरिएको छ।

पुल सञ्चालनमा आएपछि सीमापार आवतजावत सहज बनेको र पछिल्लो समय यहाँ आन्तरिक पर्यटकहरूको आकर्षण बढेको छ। तर यही लोकप्रियता र बढ्दो भीडकै कारण पुलमा ठेलमठेल र हल्लिने जोखिम उच्च रहेको स्थानीयवासीहरू बताउँछन्।

छठ पर्वमा मेची किनारको धार्मिक महत्त्वसँगै यहाँको पुल पनि आकर्षणको केन्द्र बनेको छ। तर, भीड नियन्त्रण र सुरक्षामा प्रशासनको सतर्कता नै दुर्घटना रोक्ने मुख्य आधार हुने देखिन्छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *