Search
Close this search box.
Search
Close this search box.

छात्रालाई सेनिटरी प्याड माग गर्दै बुटवल उपमहानगर घेराउ

टवल । विद्यालय तहका छात्राहरूलाई निःशुल्क सेनिटरी प्याडको माग गर्दै नेत्रविक्रम चन्द विप्लव निकट अखिल समाजवादी रुपन्देहीले बुटवल उपमहानगरपालिका कार्यालय घेराउ गरेको छ ।

नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै नगर प्रमुख खेलराज पाण्डेयलाई भेटेर सेनेटरी प्याडसहित १४ बुँदे ज्ञापनपत्र बुझाए पनि असारसम्म उपलब्ध गराउन बेवास्ता गरेकाले घेराउ गरिएको संगठनले जनाएको छ ।

EPIC

घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै अखिल समाजवादी लुम्बिनी प्रदेश सहइन्चार्ज विष्णु राउतले निजी विद्यालयलाई प्याड उपलब्ध गराउने/नगराउने विवाद झिकेर सामुदायिक विद्यालयका छात्रालाई उपलब्ध नगराइनु गैरजिम्मेवार कार्य भएको बताए ।

स्थानीय तह गैरजिम्मेवार हुँदा संघीय सरकारले उपलब्ध गराउँदै आएको बजेट फ्रिज भएर जाने र छात्राहरूले प्याड प्रयोग गर्न नपाउने अवस्था आएको राउतले दाबी गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *