स्याङ्जा : कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–२ बस्ने ५२ वर्षीय पोत बहादुर रोकाहालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
सोही गाउँपालिका–२ बस्ने झलक बहादुर रोकाहालाई २०५९ पुस १७ गते कर्तव्य गरी मारेको आरोप लागेका र घटनापश्चात फरार भई भारतमा लुकिछिपी बस्दै आएका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट पक्राउ गरेको हो । उनी उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।