छोराछोरी बेच्नुपर्ने अवस्था ल्याउनेहरू कांग्रेस र एमाले हुन् : लिङ्देन

झापा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मुलुकलाई बर्बाद पार्ने मुख्य जिम्मेवार नेपाली कांग्रेस र नेकपा एमाले भएको आरोप लगाएका छन्।

झापाको भद्रपुरमा बुधबार आयोजित राप्रपा झापा क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशन घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश बेरोजगार उत्पादन गर्ने कारखाना र भ्रष्टाचारीहरूको कमाई खाने मैदानमा परिणत भएको दाबी गरे।

EPIC EPIC EPIC EPIC EPIC

‘सरकारले देशमै सय जनालाई रोजगारी दिने एउटा पनि उद्योगधन्दा स्थापना गर्न सकेको छैन,’ उनले भने, ‘देशभित्र तपाई र तपाईका छोराछोरीले काम गर्ने वातावरण बनाउन सकियो कि सकिएन भन्ने नै मूल प्रश्न हो।’

लिङ्देनले मुलुकमा युवाहरूलाई काम दिने वातावरण नबनेको कारण आज परिवार पाल्न छोराछोरी बेच्नुपर्ने अवस्था आएको दुःख व्यक्त गरे। उनले कांग्रेस र एमाले सत्तामा हुँदा देश लुट्ने बेलामा एकै ठाउँमा उभिने गरेको टिप्पणी गर्दै भने, ‘आज मन्त्रीहरूबीच कसले छिटो र धेरै कमाउने भन्ने प्रतिस्पर्धा चलिरहेको छ।’

उनले मुलुकको विकास र सुशासनका लागि कांग्रेस र कम्युनिस्ट दलको विकल्प खोज्ने समय आएको भन्दै राप्रपामात्रै वास्तविक विकल्प हुने दाबी गरे। ‘हामी काँग्रेस, एमाले वा माओवादी मात्रको विरोधमा होइन, पार्टीको नाममा देशमा मच्चिएको लुटतन्त्रविरुद्ध उभिएका हौं,’ अध्यक्ष लिङ्देनले भने।

कार्यवाहक क्षेत्रीय अध्यक्ष तुलसा आचार्यको अध्यक्षतामा सम्पन्न सभामा पार्टीका सह–महामन्त्री भारतेन्दुकुमार मल्लिक, केन्द्रीय सदस्यहरू खुश्बु ओली, इनु अधिकारी, अञ्जार आलमलगायतले शुभकामना मन्तव्य राखेका थिए।

यसैबीच, अधिवेशनले रविचन्द्र ओझालाई निर्विरोध क्षेत्रीय अध्यक्षमा चयन गरेको छ। ओझाको नेतृत्वमा २२ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ। जसअन्तर्गत उपाध्यक्षमा खिवराज भट्टराई, तुलसा आचार्य र वीरबहादुर सिंह राजवंशी चयन भए। सचिवमा हेमराज खनाल, कोषाध्यक्षमा पुनम लिम्बू तथा सहसचिवमा शिवलाल गिरी र जयप्रसाद तिम्सिना निर्वाचित भए।

त्यसैगरी सदस्यहरूमा सुरेन्द्र बाह्रकोटी, बमबहादुर कन्दङ्वा, सरोजकुमार राई, चक्रप्रसाद ढकाल, पिंकी पौडेल, राधिका भट्टराई, अमृता बोगटी, तेजबहादुर चोङवाङ, केसमुदिन हक, भरतलाल राजवंशी, शिवकुमार भण्डारी, अर्जुनबहादुर विष्ट छेत्री, सङ्गीता थापा मगर र सोम तामाङ रहेका छन्।

निर्वाचित पदाधिकारीहरूलाई राप्रपा अध्यक्ष लिङ्देनले अबिर लगाइ शुभकामना दिएका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *