छ महिनामा देशभरको ट्राफिक कारबाहीबाट ८० करोड राजस्व सङ्कलन

चालु आर्थिक वर्षको प्रथम छ महिनामा देशभर भएको ट्राफिक कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ राजस्व सङ्कलन भएको छ । छ महिनाको अवधिमा १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरिएको हो ।

उक्त राजस्वमध्ये काठमाडौँ उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट सात करोड ८७ लाख दुई हजार ९४३, मधेस प्रदेशबाट १० करोड पाँच लाख ५८ हजार ९०१, बागमती प्रदेशबाट सात करोड ८८ लाख ४० हजार, गण्डकी प्रदेशबाट आठ करोड १८ लाख ७६ हजार ६, लुम्बिनी प्रदेशबाट नौ करोड ३८ लाख ६४ हजार दुई, कर्णाली प्रदेशबाट एक करोड ५६ लाख ४५ हजार र सुदूरपश्चिम प्रदेशबाट दुई करोड ४२ लाख ८८ हजार सङ्कलन भएको हो ।

EPIC EPIC EPIC EPIC

यसैगरी ट्रक तथा ट्याङ्करबाट १५ करोड १९ लाख ९५ हजार ४००, बस तथा मिनिबसबाट नौ करोड २० लाख ५००, कार, जिप र भ्यानबाट १८ करोड ९० लाख ७६ हजार ८०६, ट्याक्टरबाट दुई करोड ८८ लाख १६ हजार, मोटरसाइकलबाट ३१ करोड १७ लाख ३४ हजार ५४६ र टेम्पो तथा अन्यबाट दुई करोड ५३ लाख २१ हजार ६०० राजस्व सङ्कलन भएको हो ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सो अवधिमा मादकपदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतीमा सवारी चलाउने, लेन अनुशासन भङ्ग गर्ने, क्षमताभन्दा बढी भार र यात्री राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमतिपत्र नभएका लगायत कारबाहीबाट उक्त रकम सङ्कलन गरिएको हो ।

सो अवधिमा कारबाहीमा परेका १० लाख ५२ हजार ५५ सवारी साधनमध्ये ट्रक तथा ट्याङ्कर एक लाख ७० हजार ८४२, बस तथा मिनिबस एक लाख नौ हजार ३७७ वटा, कार, जिप र भ्यान दुई लाख ६१ हजार ६३६ वटा, ट्याक्टर ४१ हजार ६४१ वटा, मोटरसाइकल चार लाख ३२ हजार ९८ वटा र टेम्पो तथा अन्य ३६ हजार ४६१ वटा रहेका छन् । कारबाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल छन् । नेपाल प्रहरीले ट्राफिक कारबाहीबाट मात्र नभइ कानुन कार्यान्वयनको क्रममा फैसला कार्यान्वयन, भन्सार छलीलगायत गैरकानुनी गतिविधि गर्नेहरूबाट पनि राजस्व सङ्कलन गर्दै आएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *