जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौँ। बाँकेमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

बैजनाथ १ चिसापानी निवासी ४५ वर्षीया पूर्णिमा बुढालाई हात्तीले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

स्थानीय तीन जना महिला शुक्रबार बिहान घाँस काट्न भनेर गाउँ नजिकैको बर्दिया निकुञ्जको जंगलमा गएका थिए। सोही क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

हात्तीले आक्रमण गर्न थालेपछि बुढासँगै रहेका अन्य दुई महिलाले भने भागेर ज्यान जोगाएका छन्। मृतकको शव पोष्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा राखिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *