जंगली हात्तीको बथानले कञ्चनपुरमा तीन घर भत्काएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मा गएराति तीन वटा घरमा क्षति पुर्याएको हो ।
कृष्णपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष धर्मबहादुर सिंहका अनुसार हात्तीको बथानले स्थानीय श्यानु चौधरी, गोपाल चौधरी र जयराज चौधरीको घर भत्काएको हो । य
सैबीच हात्तीले स्थानीयका दर्जनौ विघामा लगाएको धानबालीमा पनि क्षति पुर्याएको छ ।