जोखिमपूर्ण बन्दै मेची राजमार्गको बर्ने-कालीखोला सडकखण्ड

विष्णु प्रसाद लामिछाने

बुद्धशान्ति । मेची राजमार्ग अन्तर्गतको बुधबारे जोरकलश सडक खण्ड जोखिमपुर्ण बन्दै गएको छ। साँघुरो सडकका आधा भन्दा बढी भागमा निर्माण सामाग्री थुपार्दा दुर्घटनाको जोखिम बढेको हो। भत्किएका स्थानहरूमा मर्मत गर्न ठेक्का पाएको हेलिना निर्माण सेवाले सडकको एक किनारमा ढुंगा र बालुवा थुपारेको छ। आइतबार बिहान सोहि खण्डमा भएको दुर्घटनामा कसैको ज्यान नगएपनी एक ट्याक्सी र पिक-अपमा क्षति पुगेको छ।

EPIC EPIC EPIC EPIC EPIC

दैनिक जसो सानातिना दुर्घटना भैरहेको इलाका प्रहरी कार्यलय बुधबारेका प्रमुख राजेन्द्र चौहान बताउँछन। उनले भने, “हापिन चोकदेखी कालिखोलासम्म अत्यन्तै धेरै सडक दुर्घटना हुने क्षेत्र भएकैले हाम्रो उपस्थिति त्यहाँ निरन्तर छ तर निर्माण सामाग्री सडकमै थुपार्दा जोखिम एकदमै बढेको छ”।

ताप्लेजुङ,पाँचथर र इलाम जाने मुल मार्गको रुपमा रहेको यो सडक करिव २० फिट चौडाको छ। जसको ६ फिट भन्दा ज्यादा भागमा निर्माण सामाग्री हुँदा सवारीसाधन संचालनमा कठिनाई देखिएको छ।

इलामबाट दैनिक रुपमा तरकारी ओसारपसार गर्ने पिकअप चालक रमेश बजगाई भन्छन् “लोड लिएर झापा झर्दा ब्रेक राम्रोसँग लागिरहेको हुँदैन,गाडीको चाप उत्तिकै छ न ब्रेक लाउन मिल्छ न साइड दिने ठाउँ छ”। अझ ठुला सवारीका लागि त साइड दिन एकदमै कठिनाई भोग्नु परेको बताउछन् अर्का चालक गोविन्द राई।उनका अनुसार बिपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई साइड दिन पनि गार्हो हुने गरेको छ।

“अरु गाडिको त कुरै नगरौं,बाइक आउँदा समेत गाडी रोक्नुपर्ने बाध्यता छ,हप्ता दिन नाघिसक्यो गिटि थुपारेक छ रातारात गर्नुपर्ने कामलाई रमिता बनाएर मान्छे मार्न खोजेको छ”राइले आक्रोश पोखे।

सडक बिभाग दमकका सव-इन्जिनियर अमित चौधरीले काममा ढिलासुस्ती भएको स्विकार्दै ठेक्का पाएको कम्पनीलाई काम चाँडो सम्पन्न गर्न निर्देशन दिने बताए।

यता निर्माण ठेक्का पाएको हेलिना निर्माण सेवाका मदन बस्नेतले पुष महिनाभित्र काम सप्पन्न गर्ने बताए। “हामिले असार मसान्तसम्ममा पूरा गर्नुपर्ने काम हो,तर हामी यहि पुष मसान्तसम्ममा काम सक्छौं” उनले भने । नाली भन्दा बाहिर सामाग्री राख्ने ठाउँ नभएकाले पनि समस्या आएको उनको भनाई छ।

सवारी आवतजावतको चाप रहने यस्ता सडकहरु सम्बन्धित निकायले समयमै मर्मत नगर्दा सर्वसाधारणले सास्ती ब्यहोर्नु परेको छ। के अब यो सडक मर्मत हुनका लागी दुर्घटनामा कसैको ज्यान नै जानुपर्ने हो?

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *