Search
Close this search box.
Search
Close this search box.

जगदम्बा, मारुती र युनाइटेड सिमेन्ट बिक्री वितरणमा रोक

काठमाडौं । गुणस्तर तथा नापतौल विभागले जगदम्बा, मारुती र युनाइटेड सिमेन्टको परीक्षण गर्ने क्रममा कम गुणस्तर पाएकाले बिक्री वितरणमा रोक लगाएको छ भने १५ दिन भित्र मा स्पष्टीकरण माग गरेको छ ।

विभागले आज विज्ञप्ति जारी गर्दै मारुती सिमेन्टको ओपिसी ४३ ग्रेड, युनाइटेड सिमेन्टको ओपिसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पिपिसी सिमेन्टको नमुना परीक्षण गर्दा मापदण्ड अनुसार गुणस्तर नपाएको उल्लेख गरेको छ ।

EPIC EPIC EPIC

विभागले प्रकाशन गरेको विज्ञप्ति अनुसार मारुतीबाट संकलन गरिएको नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमश ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो ।युनाइटेडको कम्प्रेसिभ स्ट्रेन्थ क्रमश ३७ र ५३ हुनुपर्नेमा न्यूनतम ३५ र ३९ थियो । यस्तै, जगदम्बाबाट संकलित नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ १६ र २२ हुनुपर्नेमा १५ र २० मात्रै पुगेको थियो । सिमेन्टको स्ट्रेन्थ कम हुनु भनेको गुणस्तर कम रहेको विभागले जनाएकाे छ ।

ती कम्पनीहरुलाई गुणस्तर प्रमाण चिन्ह ऐन २०३७ अनुसार स्पष्टीकरण सोधी कारबाही गरिने र गुणस्तर कम भेटिएको ब्याचका सिमेन्ट बजारबाट फिर्ता लिन पनि विभागले निर्देशन दिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *