सर्लाही। सर्लाहीमा जङ्गली जनावरका लागि थापेकाे करेन्टकाे धरापमा परेर एक पुरुषकाे ज्यान गएकाे छ । बरहथवा नगरपालिका-१४ बिनमाटोलमा करेन्ट लागेर गएराति ५० वर्षीय शिवजी साह तेलीकाे ज्यान गएकाे हाे ।
स्थानीय नरेश साह बनियाले जङ्गली जनावर छेक्न खेतमा लगाएकाे बिजुलीको नाङ्गो तारमा परेर तेलीकाे ज्यान गएकाे इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
तेलीको ज्यान गएपछि प्रहरीले १९ वर्षीय जग्गाधनी रामकेवल साहलाई पक्राउ गरेकाे लामिछानेले जानकारी दिनुभयो ।