जङ्गल छाड्न मानेनन् विदेशी पर्यटक, खाली हात फर्के प्रहरी

घोडाघोडी (कैलाली) ।  कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जङ्गलमा गैरकानुनी तरिकाले बसिरहेका विदेशी नागरिकले प्रशासनको निर्देशन अटेर गरेका छन् । उनीहरू बस्दै आएका जङ्गल तत्काल नछाड्ने अडान लिएपछि प्रहरी खाली हात फर्केका छन् । 

जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार २४ घण्टाभित्रै जङ्गल छाड्न निर्देशन दिएको थियो । निर्देशनपछि १३५ जनामध्ये ४५ जनाले जङ्गल छाडेर गइसकेका छन् भने अझै ९० जना विदेशी पर्यटक त्यहीँ बसिरहेका छन् । निर्देशनको अटेरी गरेपछि प्रहरीको एक टोली उनीहरू बसेको ठाउँमा गएको थियो तर जति आग्रह गरे पनि उनीहरूले ठाउँ नछाडेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दीर्घ साउदले बताउनुभयो । 

EPIC EPIC EPIC

उहाँले भन्नुभयो, “विदेशी भएका कारण हामीले बल प्रयोग गरेनौँ, केही दिनमै आफैँ हामीहरू गइहाल्छौँ भनेका छन् फेरि उनीहरूबाट समुदाय वा अरू कुराको त्यस्तो क्षति पनि नदेखिएका कारण हामी उनीहरूलाई त्यहीँ छाडेर फर्केका छौँ ।”

घोडाघोडी नगरपालिका–९ का वडाध्यक्ष हरिकचन्द्र शाहले जङ्गलमा जम्मा भएका विदेशी नागरिकले अप्रिल २ मा (चैत २० गते) मात्रै जङ्गलबाट जाने अडान लिएको बताउनुभयो । रेन्बो फेमिली ग्यादरिङ नाम दिएर केही दिनदेखि विभिन्न देशका नागरिक सिमली जङ्गल पुगेका थिए । उनीहरू पर्यटक भिसामा नेपाल आएपछि जङ्गलमा यसरी बस्ने अनुमति कहीँबाट लिएका छैनन् । अनुमति नलिएका कारण यसरी जङ्गलमा डेरा जमाएर बस्न नमिल्ने भएपछि जिल्ला प्रशासन कार्यालयले जङ्गल छाड्न निर्देशन दिएको थियो । 

स्थानीयका अनुसार उनीहरू त्यहाँ अर्धनग्न भएर विभिन्न किसिमको गतिविधि गर्दै आएका छन् । केही दिनपहिले पत्रकारमाथि नै उनीहरूले हातपात गरेका थिए । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दीर्घ साउदले प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि केही व्यक्ति आफ्नो गन्तव्यतर्फ गए पनि धेरैले अझै जङ्गल नछाडेको बताउनुभयो । 

करिब १५ दिनदेखि भारत, अमेरिका, चीन जापानलगायत देशका एक सयभन्दा बढी नागरिक बसोवास गरेर अस्वाभाविक गतिविधि गर्दै आएको स्थानीयले गुनासो गरेपछि बिहीबार प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय प्रमुखसहितको समूहले स्थलगत अनुगमन गरेको थियो ।

विकीपीडियाका अनुसार रेन्बो फ्यामिली एक स्वतन्त्र, प्राकृतिक जीवनशैली अपनाउने र शान्तिको पक्षमा उभिने समुदाय हो । यसको इतिहास १९७० को दशकको अमेरिकी हिप्पी आन्दोलनबाट सुरु भएको र हाल यो विश्वभर फैलिएको छ । 

सन् १९८० र ९० को दशकमा अमेरिकाबाहिर युरोप, ल्याटिन अमेरिका र एसियामा पनि यस्ता जमघट हुन थालेको बताइन्छ । रेन्बो ग्यादरिङको उद्देश्य स्वतन्त्र, नियमविहीन, पैसारहित र समुदायमैत्री जीवनशैली अपनाउनु रहेको बताइन्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च