जनकपुरका गाउँपालिका अध्यक्षमाथि अज्ञात समूहद्वारा आक्रमण

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका अध्यक्ष जयकुमार यादवमाथि भौतिक आक्रमण भएको छ।

जनकपुरधाम प्रादेशिक अस्पतालमा उपचाररत स्थानीयको स्वास्थ्य अवस्था बुझी आफ्नो निवास फर्कने क्रममा करिब १२ः४५ बजे सात आठजनाको संख्यामा आएको अज्ञात समूहले यादवमाथि आक्रमण गरेको जनता समाजवादी पार्टी (जसपा)ले जनाएको छ। आक्रमणकारीलाई तत्काल पक्राउ गरी कारबाही गर्न मुखियापट्टी मुसहरनिया गाउँपालिका, जसपा धनुषा जिल्ला समिति लगायतले माग गरेका छन्।

EPIC EPIC EPIC EPIC EPIC

जसपाले विज्ञप्ति निकाली दोषीमाथि २४ घण्टाभित्र कारबाही नभए स्थानीय प्रशासनविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *